

कपिलवस्तुमा चाडपर्व सुरक्षाका लागि प्रशासनको विशेष निर्देशन, धार्मिक सहिष्णुता र आपसी एकता कायम गर्न सबैसँग आग्रह



कपिलवस्तु | दशैँ, तिहार, छठ लगायतका चाडपर्व शान्तिपूर्ण, सुरक्षित र सभ्य वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विशेष निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको जिल्ला समन्वय तथा सम्पर्क बैठकले चाडपर्वका अवसरमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम गर्न सबैसँग आग्रह गरेको छ ।
बैठकले धार्मिक स्थल, मेला–पर्व र भीडभाड हुने ठाउँमा असामाजिक गतिविधि हुन नदिन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जातीय, धार्मिक वा साम्प्रदायिक तनाव सिर्जना गर्ने प्रयास भए कडा कानूनी कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ ।
यसैगरी, चाडपर्वमा हुने मूर्ति स्थापना र विसर्जन कार्य तोकिएको स्थानमै गर्नुपर्ने र विसर्जनका क्रममा अवाञ्छित गतिविधि भए तुरुन्त नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
कपिलवस्तु नगरपालिका क्षेत्रमा तौलिहवा मन्दिर, लक्ष्मी नारायण मन्दिर, कालिका मन्दिर, तिलौराकोट रामघाट, बडगाउँ घाटलगायतका स्थानलाई विसर्जन स्थल तोकिएको छ । महाराजगञ्ज नगरपालिका र अन्य पालिकाहरूमा पनि स्थानीय तहले निर्धारण गरेका स्थलमै विसर्जन गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, विसर्जनका दिन डोजर, स्काभेटर, दमकल र एम्बुलेन्ससहित आवश्यक उपकरण तयारी अवस्थामा राखिने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी तामाङले पर्वलाई शान्तिपूर्ण बनाउन सबै पक्षको सहकार्य अपरिहार्य भएको बताउँदै, धार्मिक आस्थामा आघात पुग्ने खालका गतिविधि रोक्न सबैतिर कडाइ गरिने चेतावनी दिएका छन् ।




खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया