

नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन



नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ । आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न निर्देशन दिइएको हो ।
जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएसँगै गृह मन्त्रालयलाई स्वागतको तयारी थाल्न भनिएको हो । यद्यपि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा निकास निस्किसकेको छैन ।
बिहीबार राति शीतलनिवास आएसँगै कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपति पौडेलले कांग्रेस र माओवादी केन्द्रका नेतालाई जानकारी गराएका थिए । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुन तथा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापासँग पौडेलले यस विषय परामर्श गरेका हुन् ।
कार्कीको विषयमा सहमति जुटेसँगै बिहीबार राति १२ बजे नै गृह मन्त्रालयका कर्मचारीलाई शीतलनिवास बोलाइएको थियो । अन्तिम सहमति नजुटेको भन्दै उनीहरूलाई राति फर्काइए पनि आज बिहान फोनमार्फत नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी थाल्न निर्देशन आएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।
प्रतिनिधिसभा सदस्य नरहेको व्यक्तिलाई कसरी प्रधानमन्त्री नियुक्त गर्ने भन्ने विषयमा भने राष्ट्रपति पौडेल अझै कानुनविदसँग परामर्शमै छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया