

सरकारले भेट्टाएन पुरस्कार पाउन लायक कर्मचारी


निजामती सेवा दिवसका अवसरमा हरेक वर्ष उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएको सरकारले यस वर्ष भने कुनै पनि कर्मचारीलाई पुरस्कार नदिने निर्णय गरेको छ ।
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएको २२औँ निजामती सेवा दिवसको मूल समारोह भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको छ । बिहान सिंहदरबारबाट प्रभातफेरी निकालेर दिवसको औपचारिक कार्यक्रम सुरु गरिएको थियो ।
निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र कदर गर्ने दिनका रूपमा लिने गरिएको छ । विगतमा सरकारका तर्फबाट एक जनालाई ‘सर्वोत्कृष्ट’, १० जनालाई ‘उत्कृष्ट’ तथा ३० जनालाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिँदै आएको थियो । तर, यस वर्ष मन्त्रिपरिषद्को स्वीकृति नपाएकाले पुरस्कार वितरण हुन नसकेको कर्मचारी कल्याण महाशाखाकी शाखा अधिकृत सीतादेवी थापाले जानकारी दिइन् ।
प्रधानमन्त्रीको उपस्थिति रहने परम्परा भए पनि यसपटक प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमस्थल पुगेनन् । उनको तर्फबाट उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहभागिता जनाएका छन् ।
यसअघि २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ प्राप्त गरेका थिए । त्यसयता नौ वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी चयन हुन सकेको छैन ।
निजामती सेवा ऐन २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वमा लागू भएको दिनलाई स्मरण गर्न २०६२ सालदेखि ‘निजामती सेवा दिवस’ मनाउन थालिएको हो ।
दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिँदै बदलिँदो विश्व परिस्थिति, नवीन प्रविधि र जनअपेक्षाअनुरूप निजामती कर्मचारीले आफूलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया