

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलित


लुम्बिनी विकास कोषमा सेवा करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूले आन्दोलन सुरू गरेका छन्। चार वटा माग राखेर बिहीबार देखि लुम्बिनी विकास कोष कर्मचारी युनियनको नेतृत्वमा कर्मचारीहरूले आन्दोलन सुरू गरेका हुन्। उनीहरूले यसअघि पनि विभिन्न माग राखेर आन्दोलन गर्दै आएका थिए।
उनीहरूले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता उपलब्ध गराउनुपर्ने माग राखेका छन्। २०७९ कर्मचारी नियमावली संशोधन मार्फत उमेर हद लागु नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल सेवा करारमा रहेका सम्पूर्ण कर्मचारीहरूलाई पदपूर्ति गर्नुपर्ने पनि माग राखेका छन्।
दरबन्दी चाँडो स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गर्नुपर्ने र २०७९ कर्मचारी नियमावली अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नुपर्ने माग पनि उनीहरूको छ।
कर्मचारी युनियनका सदस्य अब्दुल्लाह खानले आफूहरूको माग पुरा नहुँदासम्म आन्दोलन जारी रहने र थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिए। कर्मचारीहरूले बिहीबार हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका थिए भने शुक्रबार कालोपट्टिसहित लुम्बिनी विकास कोषको कार्यालय प्रवेश गर्ने मुख्य गेटमा धर्ना दिएका छन्।
आन्दोलन अन्तर्गत आइतबार र सोमबार सबै कर्मचारीले पेन डाउन गर्ने, कोषका सबै गाडीहरू कार्यालय परिसरमा थन्काउने र मंगलबार विकास कोषको मुख्य कार्यालय र आवास क्षेत्रमा समेत तालाबन्दी गर्ने जनाएका छन्।
यता विकास कोषका सदस्य सचिव सानुराज शाक्यले भने सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन्।
शाक्य २०७७ सालमा नेपाल सरकारको निर्णयले ५ वर्षका लागि सदस्य सचिव नियुक्त भएका थिए। आगामी असोज महिनासम्म नियुक्तिको कार्यअवधि बाँकी रहे पनि दुई महिना पहिले नै राजीनामा दिएको लुम्बिनी विकास कोषका सूचना अधिकारी हरी ध्वज राईले जानकारी दिए।
राईका अनुसार शाक्यले एक साता अघि सदस्य सचिवबाट राजीनामा दिएका हुन्।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया