

हट्यो अखिल नेपाल फुटबल संघमाथि ४ वर्षदेखिको आर्थिक प्रतिवन्ध


अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको आर्थिक प्रतिवन्ध हटेको छ । विश्व फुटबल महासंघ (फिफा)ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको हो । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा एन्फामाथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।
जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो । चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको उक्त बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ । फिफाको पछिल्लो निर्णयसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने भएको छ । एन्फाले फिफाको निर्णयलाई नेतृत्वको प्रतिबद्धताको सफल कार्यान्वयनको रूपमा व्याख्या गरेको छ ।
यसअघि सन् २०२४ को अक्टोबर २९ मा एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ द इयर (गोल्ड) अवार्ड २०२४ बाट पनि सम्मान गरिएको थियो । एन्फाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन पश्चात संस्था सुधार, भद्रगोल व्यवस्थाको अन्त्य र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा आज सकारात्मक मोडमा आइपुगेको छ ।’
आर्थिक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको लेखा प्रणालीमा रुपान्तरण गर्न फिफासँगको सहकार्य महत्वपूर्ण भएको एन्फाको दाबी छ ।
फिफाले आर्थिक बन्देज हटाएसँगै एन्फाले अब ग्रासरुट फुटबल, स्कूलस्तरीय प्रतियोगिता, उमेर समूह प्रतियोगिता, महिला तथा पुरुष लिगहरू, प्रेसिडेन्ट लिग, ए डिभिजन लिग लगायतका प्रतियोगिता समयमै सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । काठमाडौंमा प्रस्तावित रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले सहयोगको प्रतिबद्धता जनाएको उल्लेख गर्दै एन्फाले आभार प्रकट गरेको छ ।
निकट भविष्यमा आफ्नै रंगशाला निर्माणको कार्य अघि बढाउने भन्दै एन्फाले आर्थिक पारदर्शिता र सुशासन कायम गर्दै फिफा तथा एएफसीको विश्वास जित्दै जाने प्रतिवद्धता दोहोर्याएको छ ।




खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया