

यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो : ज्ञानेन्द्र शाह


पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार निर्मल निवासमा आफ्नो ८० औं जन्मदिनको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वराजा शाहले अहिले बाढी, पहिरोको समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह पनि गरे । साथै, उनले पानीजन्य रोगहरुबाट बच्न आग्रह गरेका छन् ।
‘अहिले वर्षाको समय हो । बाढी पहिरोको जोखिम छ । पानीजन्य बिमारीहरू पनि हुन्छन् । सबै दाजुभाइ, दिदिबहिनीहरू सतर्क रहनुस् । विचार गरेर बस्नुस्, मेरो आग्रह छ,’ शाहले भने ।
पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र त्यसपछि मात्रै नेपालको माया जाग्ने बताए ।
‘यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामीभित्र हुनुपर्छ । अनि हामी नेपाली हुन्छौँ,’ उनले भनेका छन् ।
पूर्वराजा शाहले जन्मदिनको अवसरमा पूर्वराजा शाहलाई निर्मल निवासमा शुभकामना दिनेहरूको भिड लागेको थियो ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया