

डिस्ट्रिक ३२५ पिका १५० भन्दा बढी क्लव मध्ये लायन्स कपिलवस्तु उत्कृष्ट १० मा


हामी सेवा गछौँ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सामाजिक सेवामा अबल्ल रहेको लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२४/२५ लायन्स डिस्ट्रिक ३२५ पिका १५३ क्लवहरु मध्ये उत्कृष्ट १० मा परेको छ । क्लवले गरेका सामाजिक कार्य तथा मानव सेवाहरुको कार्यको मुल्याङ्कन गदै डिस्ट्रिक ३२५ पिले लायन्स क्लव अफ कपिलवस्तुलाई उक्त अवार्डबाट सम्मान गरेको हो । गभर्नर पुरूषोत्तमभक्त प्रधानाङ्गले उक्त आर्वड दिएका हुन् । यस्तै २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेले उत्कृष्ट अध्यक्षको आर्वडले डिस्ट्रिकले सम्मान गरेको थियो ।
लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२४/२५ ले ३६५ दिन मध्ये औसत २.५ दिनमा एउटा कार्यक्रम गर्न सफल भएको थियो । लायन्स क्लव अफ कपिलवस्तुबाट अन्य क्लवहरुले धेरै कुरा सिक्न बाकिँ रहेको २०२४/२५का गभर्नर पुरूषोत्तमभक्त प्रधानाङ्गले बताउदै क्लवको प्रशंसा गरेका थिए । यस अघि २०२३/२४ मा समेत क्लव उत्कृष्ट १० भित्र परेको थियो ।

उत्कृष्ट नेतृत्व, कार्ययोजना कार्यान्वयन र समर्पित सेवाभावका आधारमा प्रदान गरिने यो पुरस्कारलाई लायन समाजमा उच्च सम्मानका रूपमा हेरिन्छ। सम्मान ग्रहणपछि अध्यक्ष घिमिरेले सम्पूर्ण डिष्ट्रिक टिमप्रति कृतज्ञता व्यक्त गर्दै भने, म यो सम्मान केवल व्यक्तिगत रुपमा होइन, क्लबको सामूहिक सफलताको प्रतिफलका रूपमा लिएको छु। यस अवसरमा मलाई र हाम्रो क्लबलाई साथ दिनु हुने लायन्स क्लब अफ कपिलवस्तुका अग्रज तथा लायन मित्रहरूप्रति विशेष आभार व्यक्त गर्दछु।
उनले आगामी दिनहरूमा पनि सामाजिक सेवामा अझ बढी क्रियाशील रहन प्रेरणा मिलेको बताउँदै सहयोग र साथको अपेक्षा गरेका छन्।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया