

हथौसा लिटल स्टारमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान


राधा पाण्डे : कपिलवस्तुकै सुन्दर नगरी बाणगंगा ११ ओदारीमा अवस्थित हथौसा लिटल स्टार ई. बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ । परीक्षामा सहभागिता जनाएका ३३ जना विद्यार्थीहरु उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी ३३ जनामध्ये १८ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए, ११ जना विद्यार्थीले ३.२ देखि ३.६ जिपिए र ४ जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए प्राप्त गरेको विद्यालयका प्राचार्य सुन्दर पाण्डेले जानकारी दिनुभयो । उतीर्ण सम्पुर्ण विद्यार्थीहरुलाई खादा, माला सम्मान पत्र सहित सम्मानित गरिएको छ ।
विद्यालयका प्राचार्य सुन्दर पाण्डेले विद्यार्थीको यो उपलब्धिले विद्यालयको गरिमा उच्च बनाएको र शिक्षा क्षेत्रलाई झन् अब्बलता प्रदान गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुले आगामी भविष्यका लागि बल्ल पाइला चाल्न सुरु गरेकोले उच्च शिक्षा विश्वमा बिक्न सक्ने हुनुपर्नेमा जोड दिदै सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नु भयो ।
यस्तै शिक्षिका यमकला घिमिरेले विद्यार्थी र शिक्षक दुवै पक्षको मिहेनतले आज नतिजा उत्कृष्ट आएको भन्दै खुशीका साथ आगामी उच्च शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा विद्यार्थी बेबिका पोख्रेल, अनश खनाल, प्राची गुप्ता ले अहोरात्र खटेर हाम्रो भविष्य निर्माणमा उल्लेख्य योगदान दिनुभएकोमा शिक्षक शिक्षिका लगायत विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिनुभयो । उहाँहरुले गरेको योगदान भुल्न नसकिने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष डिल्लीराज भुसाल, बिद्यालय व्यवस्थापन समिती सदस्य कृष्ण पौडेल, डिल्लीराम भट्टराई, संचालक समिती सदस्य सम्भु प्रसाद चौधरी, रेशुराज खनाल, रविन्द्र पौडेल लगायत विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अध्यक्षता रहेको कार्यक्रमको संचालन विद्यालयका सह प्रधानाध्यापक मदन मल्लले गर्नु भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया