

भैरहवा कारागारबाट रविको २० पृष्ठको अपिल– ‘बेथितिका वाहकलाई निवेदन दिएर विधिको शासन आउँदैन’


रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको भन्दै जनताबाट न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् ।
उनले रास्वपाले संसदमा, अनि विगतमा सरकारमा खेलेको भूमिकाको प्रशंसा गर्दै थोरै संख्यामा रहेका आफ्ना सांसदको अनुपस्थितिमा संसदको कल्पना पनि गर्न नसकिने उल्लेख गरेका छन् ।
लामिछानेले आफूलाई विगतमा कांग्रेसबाट प्रधानमन्त्री नै बन्ने अफर आएको दाबी गर्दै राजनीतिक स्वार्थवश आफूलाई अहिले अलग पारिएको जिकिर गरेका छन् ।
उनले किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज दण्डपूर्वक जेल हालिएको भन्दै सहकारी ठगी अभियोगमा आफूमाथि चलेको कानुनी कारबाहीको विरुद्धमा र आफ्नो पक्षमा बचाउ गरेका छन् ।
रवि लामिछानेले वक्तव्यमा भनेका छन्, ‘बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले खडा भएको छानबिन समितिको बाह्रसय पृष्ठको प्रतिवेदन मात्र मेरा विरुद्ध कार्यान्वयन भयो । त्यो पनि छलपूर्वक, बलपूर्वक ।’
उनले आफूमाथि कानुनअनुसार चल्नैनपर्ने र चल्न नहुने मुद्दासमेत लगाइएको भन्दै आपत्ति जनाएका छन् । उनले अहिले सत्तामा बेथितिका बाहकहरु रहेको भन्दै उनीहरुलाई अनुरोध गरेर, निवेदन गरेर देशमा सुशासन र विधिको शासन नआउने भन्दै थप संघर्षका लागि आह्वान गरेका छन् ।
रास्वपाले तेस्रो वार्षिकोत्सव मनाइरहेका बेला सभापति लामिछानेको यो वक्तव्य आएको हो ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया