

चर्को गर्मीले कपिलवस्तु नगरपालिकामा विद्यालयको बिदा थपियो


कपिलवस्तु | केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण कपिलवस्तु जिल्लाका विभिन्न पालिकाहरूले विद्यालयमा दिइएको गर्मी बिदा थप गर्दै आएका छन्। पछिल्ला दिनहरूमा जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेपछि विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै कपिलवस्तु नगरपालिकाले पनि बिदाको अवधि थप गरेको हो।
नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आफ्ना मातहत रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूलाई आगामी असार ३ गते (२०८२/०३/०३) सम्म गर्मी बिदा थप गरिएको जानकारी दिएको छ।
यसअघि मिति २०८२/०२/२८ गतेदेखि २०८२/०२/३० गतेसम्म गर्मी बिदा दिइएको भए पनि मौसममा कुनै सुधार नदेखिएकोले बिदा थप गर्नुपर्ने अवस्था आएको नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाको शिक्षा शाखा अधिकृत युवराज भुसालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने सम्भावना रहेकोले सावधानीका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।“
स्थानीय अभिभावक र शिक्षकहरूले पनि गर्मी बिदाको निर्णयलाई स्वागत गरेका छन्। विद्यालयहरू आगामी असार ४ गते आइतबारदेखि पुनः सञ्चालन हुने जनाइएको छ ।



खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया