प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्म स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूको अवरोधका कारण आधा घन्टाका लागि स्थगित गरिएको थियो ।

तर, त्यसपछि पनि सहमति नजुट्दा बैठक पुनः सुरु हुन सकेन । संघीय संसद सचिवालयले सूचना प्रकाशित गर्दै बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने विपक्षीहरूको अडानले सदन चल्न सकिरहेको छैन ।

प्रतिक्रिया

खबर सबै