
१५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौंमा जनता परिचालन गर्ने बताएका छन् । वाग्मती प्रदेशका वडाअध्यक्षहरुको प्रशिक्षणमा उनले राजावादीहरुको आन्दोलनप्रति लक्षित गर्दै तयारी रहन निर्देशन दिएका हुन् ।
“निर्देशन पछि आउँछ । तपाईंंहरु जस्तो जे गर्नुपर्छ । तयारी हालतमा बस्नुस्,” उनले भने । उनले १५ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताए ।
“१५ गते ११–२ बजेसम्म काठमाडौंमा नेकपा (एमाले)को नियन्त्रण हुनुपर्छ । कुन संस्थाको आयोजना हुन्छ, छोडिदिनुस् । आन्दोलनमा प्रोटोकल हुँदैन,” उनले भने ।
उनले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको समेत बताए ।
“सरकार अलि मौन बसेको, जनता चुप मौन बसेको अवस्था लिएर फुर्तिफार्ती देखाएका छन् । यी अक्षता मन्छाउने हुन्, ठ्ङ्यारो लिएर एमाले मैदानमा उत्रिएपछि यी कताकता पुग्छन्,” उनी भन्छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया