

कपिलवस्तुमा भेटियो ३० के.जी बढी तौलको अजिङ्गर


किरणमान बज्राचार्य, कपिलवस्तु | कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेली शान्ति चोकमा अन्जिङगर फेला परेको छ। स्थानीय रामचन्द्र थारुको घरमा ३० किलोभन्दा बढी तौलको अजिङ्गर बुधबार फेला परेको हो।
अजिङ्गर हेर्न स्थानीयबासीको भीड लागेको थियो। स्थानीयले अजिङ्गरबारे जानकारी गराएपछि डिभिजन वन कार्यालयका वन संरक्षक तथा सर्प उद्धार टोलीले उद्धार गरेको छ। कार्यालयबाट सुरेन्द्र बहादुर क्षेत्रीको अगुवाइमा अजिङ्गरको उद्धार गरिएको हो।
उक्त अजिङ्गरको उद्धार गरी तिलौराकोट साझेदारी वनको तिवारी फायर लाइन तथा कुन्द्रा खोलाको छेउमा छाडिएको डिभिजन वन कार्यालय कपिलवस्तु वरिष्ठ वन अधिकृत शिवनन्दन शाहले बताए।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया