रुरु क्षेत्रमा पहिलो पटक ‘शालिग्राम महोत्सव’

पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक दुई दिने शालिग्राम महोत्सव गरिएको छ ।

कालीगण्डकीमा पाइने शालिग्रामको प्रचार-प्रसार गर्ने उद्देश्यले रुरुधाममा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो ।

पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालय तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिले संयुक्तरुपमा महोत्सव सञ्चालन गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ सहयोग रहेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यस्ता महोत्सवबाट धार्मिक पर्यटन प्रवर्द्धन हुने बताउनुभयो ।

महोत्सवमा एक हजार आठ शालिग्रामको पुजन, बिक्री, ऋषिकेशवको रथयात्रा, झाँकी र्‍यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा आरतीलगायतका कार्यक्रम भइरहेका छन् । हिजोदेखि शुरू भएको महोत्सव आज समापन हुनेछ ।

प्रतिक्रिया

खबर सबै