

वासस्थानको संकटले गैँडा पलायन, बर्दियाबाट भारत पसेका गैँडा पाँच महिनादेखि बेपत्ता



बर्दिया राष्ट्रिय निकुञ्जका गैँडाहरू उचित वासस्थानको खोजीमा भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष पुगेको पाँच महिना बितिसक्दा पनि अझैसम्म फर्किन नसकेको खुलासा भएको छ। गैँडा नफर्किएपछि बर्दिया निकुञ्जमा गैँडाको सङ्ख्या घट्दै गएको छ।
निकुञ्जका संरक्षणकर्मीका अनुसार नेपालतर्फ वासस्थानको अवस्था बिग्रँदै गएपछि करिब २० वटा गैँडा भारततर्फ पुगेका थिए। गेरुवा नदीमा पानी सुकेर निकुञ्ज सुक्खाग्रस्त बन्न थालेपछि प्राकृतिक स्रोतको अभावले गैँडालाई बस्न कठिन भएको हो। गैँडाको बसोबासका लागि आवश्यक नदी, खोला र घाँसे मैदान सुक्दै गएपछि उनीहरू वैकल्पिक वासस्थानको खोजीमा भारत पसेका हुन्।
हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जभित्र १८२ वटा कृत्रिम पानीपोखरी निर्माण गरिए पनि पानीको स्थायी स्रोत अभावका कारण समस्या समाधान हुन सकेको छैन। गेरुवा नदीको लालमाटी क्षेत्रमा नदीजन्य पदार्थ हटाएर नहरमार्फत पानी भित्र्याउने काम भएको छ। यो कार्यमा करिब ६५ लाख रुपैयाँ खर्च भएको जानकारी निकुञ्ज प्रमुख अशोककुमार रामले दिनुभयो। उहाँका अनुसार पानी भित्रिएपछि केही गैँडा फर्किएको अनुमान गरिएको छ, तर यस वर्षको गैँडा गणना आर्थिक अभावका कारण रोकिएकोले एकिन तथ्य आउन सकेको छैन।
गैँडा संरक्षणकर्मी रामबहादुर शाहीका अनुसार भारतले गैँडाका लागि घाँसे मैदान र पोखरी बनाएपछि नेपालका गैँडा त्यहाँतर्फ आकर्षित भएका हुन्। नेपालमा वासस्थान सुधार नगरे बर्दियाका बाँकी गैँडा पनि पलायन हुने खतरा रहेको उहाँले चेतावनी दिनुभयो।
सन् २०२१ को गणनामा बर्दियामा ३८ वटा गैँडा थिए। तर बाघको आक्रमण र प्राकृतिक कारणले तीनको मृत्यु भइसकेको छ। अहिले कति गैँडा बाँकी छन् भन्ने यकिन तथ्याङ्क नहुँदा निकुञ्जको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।
बर्दिया निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार अनुगमनबाट गैँडा भारत गएको पुष्टि भएको छ। वासस्थान सुधारले मात्रै गैँडालाई फर्काउन सकिने conservation विशेषज्ञहरूको धारणा छ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया