

कपिलधाममा दुई साहित्य-रत्नको प्रतिमा अनावरण गरिदै

कपिलधाममा दुई साहित्य-रत्नको स्मृतिमा विशेष समारोह
कपिलवस्तु । कपिलवस्तुको प्रसिद्ध साहित्य तिर्थस्थल कपिलधाम साहित्य चाैतारीमा प्रसिद्ध दुई साहित्यकारहरुकाे प्रतिमा अनावरण हुने भएको छ । कपिलधाम साहित्यतीर्थ शनिबार एक विशेष साहित्यिक समारोहको साक्षी बनाउने याेजनाका साथ याे कार्यक्रम आयाेजनाकाे तयारी थालिएको हाे ।
लुम्बिनी प्रदेशका दुई अत्यन्तै प्रभावशाली साहित्यकार—प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’ र समाजसेवी हिमलाल ज्ञवाली—को स्मृतिमा स्थापना गरिएका प्रतिमाहरूको अनावरण गरिने जनाइएको छ ।
कपिलधाम साहित्यतीर्थमा आयोजना हुने समारोहमा पूर्व परराष्ट्र मन्त्री एवं साहित्यकार प्रदीपकुमार ज्ञवाली प्रमुख अतिथि रहनुहुने जनाइएकाे छ । उक्त कार्यक्रममा स्थानीय एवं राष्ट्रिय स्तरका थुप्रै साहित्यप्रेमी, स्रष्टा तथा समाजसेवीहरूको गरिमामय उपस्थिति रहने आयाेजकले जनाएको छ ।
कार्यक्रमको आयोजना हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठान र प्रा. डा. विष्णुराज आत्रेय (लाटो साथी) स्मृति प्रतिष्ठानको रहेकाे छ ।
सहआयोजक संस्थाहरूमा नेपाल प्रज्ञा प्रतिष्ठान, कपिल आरोग्य मन्दिर र लुम्बिनी वाङ्मय प्रतिष्ठान रहेका थिए।
साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनतर्फ केन्द्रित यस प्रकारको आयोजनाले आगामी पुस्तालाई पनि प्रेरणा प्रदान गर्ने अपेक्षा लिइएको छ। कपिलधाम साहित्य चाैतारिमा एक दर्जनबढी साहित्यकारहरुकाे प्रतिमा स्थापना गरिएको छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया