सडक खाना महोत्सवको तिब्र तयारी, नयाँ वर्षको भव्य स्वागत गर्दै बाणगंगा वेलफेयर


जीतपुर | नेपाली नयाँ वर्षको अवसरमा कपिलवस्तुको चर्चित बाणगंगा वेलफेयर सोसाईटीले ‘रात्रि बजार’ तथा सड्क खाना महोत्सव संचालन गर्ने भएको छ । आईतबार साझदेखि शुरुहुने महोत्सवको तिब्र तयारी चलिरहेको छ ।

वेलफेयरका अध्यक्ष राजकुमार खाँणले विगतमा वर्षमा जस्तै यस वर्ष पनि बाणगंगा ४ नं आसपासका बजारको अर्थतन्त्र र बजारलाई चलायमान गराउनको लागि रात्रि बजार तथा खाना महोत्सव आयोजना गरेको बताए ।

“यो महोत्सवले कम्तीमा अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने र कला संकृतिको संरक्षण सांस्कृतिक कार्यक्रम संगै मनोरन्जन सहित नयाँ वर्ष भित्राउने अपेक्षा लिएका छौं”, उनले भने, यसअघि पनि सोसाईटीले सवैभन्दा धेरै पट्क कपिलवस्तु महोत्सव आयोजना गर्दै विभिन्न दिवस तथा समारोहलाई निरन्तरता दिदै आएको छ । सड्क खाना महोत्सवमा विभिन्न परिकारका खानाका विशेष परिकारका स्टलहरु रहने छन् । त्यसका साथसाथै स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुतीसमेत रहने आयोजकले जनाएको छ ।

यस महोत्सवका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरिएको वेलफेरका अध्यक्ष खाँणले बताए । विभिन्न जातजातिहरुका खानाका परिकार सहितका स्टल, सांगितिक माहोल, र भिन्न भिन्न खानाका स्वादसहित २०८१ को बिदाइ र नयाँ वर्ष २०८२ को स्वागत गरिने भव्य तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

यहाँका व्यवसायीहरुलाई आफ्ना परिकारको ब्राण्डिङ गर्ने अवसर पनि भएकाले आफ्ना राम्रा र स्वादिला परिकारलाई सडक खाना महोत्सवमा ल्याउन समेत उनले आग्रह गरेका छन् । कपिलवस्तुमा आउने पर्यटकहरुलाई समेत स्वादिष्ट परिकारको स्वाद चखाउन यहाँका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई यस्ता सडक खाना महोत्सवले आफ्नो व्यवसायको पनि थप प्रर्वद्धन गर्न मद्धत पुग्ने उनले विश्वास लिएका छन् ।

प्रतिक्रिया

खबर सबै