
समाजवादी विद्यार्थी युनियन नेपाल कपिलवस्तुको अधिवेशन सम्पन्न

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालकाे भातृ संस्था समाजवादी विद्यार्थी यूनियन नेपाल कपिलवस्तु को जिल्ला अधिवेशन शुक्रबार ताैलिहवामा सम्पन्न भएको छ । भगवानदास यादवको अध्यक्षतामा आयाेजित अधिवेशन कार्यक्रममा जिल्ला भरबाट १३० जना विद्यार्थी प्रतिनीधीहरुको उपस्थिति रहेको थियो । कपिलवस्तु न पा काे सभाहलमा आयाेजित कार्यक्रममा प्रमुख अतिथी जसपा केन्द्रीय सदस्य अब्दुल रसिद खाँ, केन्द्रिय परिषद सदस्य रामनिवास यादव, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, सचिव शिव लाल यादव लगायतकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा अधिवेशनले २१ सदस्यीय निविरोध मारुफ खानको अध्यक्षतामा जिल्ला समिती गठन भएको छ ।
यस्तै महाधिवेशनको लागि १४ जना महाधिवेशन प्रतिनीधी समेत छनौट गरिएको जसपा जिल्ला अध्यक्ष यादवले जानकारी दिएका छन् । जसको उपाध्यक्ष वविता मौर्य, कविन्द्र यादव, सचिव बब्लु यादव उपसचिव कुमारी शुभम वर्मा, परभु राम यादव कोषाध्यक्ष सृजना त्रिपाठी सदस्य, प्रमिला धवन, दुगर्गावती पाल, मिना ठाड अफजल हुसेन ममता यादव, गया राम केवट, सुनिता कुर्मी लगायत रहेका छन् ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया