

इदको सार्वजनिक विदा भोलि हो ? यस्तो छ मुस्लिम आयोग र गृह मन्त्रालयको जवाफ



काठमाडौं । इस्लाम धर्माबलम्बीहरुको प्रमुख पर्व इदको अवसरमा सार्वजनिक विदा दिनेबारेमा गृह मन्त्रालय आइतवार कार्यालय समय सकिने बेलासम्म पनि अनिर्णित देखिएको छ ।
मुस्लिम आयोगले आधिकारिक रुपमा पत्र पठाएर विदाको आग्रह गरेपछि मात्र गृह मन्त्रालयले सार्वजनिक विदाको सूचना जारी गर्ने गृह प्रवक्ता रामचन्द्र तिवारीले बताए । आयोगले पत्र पठाएको १० मिनेटभित्र सूचना जारी हुने उनले जानकारी दिए ।
यता मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले भने साँझ ७ बजेभित्र चन्द्रमा हेरेरमात्र विदाको लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने बताए । उनका अनुसार भोलि नै सार्वजनिक विदा हुनेछ ।
साउदी अरबलगायत देशमा हिजै इद मनाइसकेको र नेपालमा एक दिन पछि हुने भएकाले आज साँझको चन्द्रमा हेरेर विदाको सूचना जारी हुने अन्सारीले बताए ।
सरकारले मन्त्रिपरिषद बैठकबाट इदमा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । आयोगको पत्रपछि मन्त्रालयले सूचना जारी गर्नेछ । आज साँझसम्म सार्वजनिक विदाको औपचारिक सूचना जारी हुने बताइएको छ ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया