

इदको सार्वजनिक विदा भोलि हो ? यस्तो छ मुस्लिम आयोग र गृह मन्त्रालयको जवाफ



काठमाडौं । इस्लाम धर्माबलम्बीहरुको प्रमुख पर्व इदको अवसरमा सार्वजनिक विदा दिनेबारेमा गृह मन्त्रालय आइतवार कार्यालय समय सकिने बेलासम्म पनि अनिर्णित देखिएको छ ।
मुस्लिम आयोगले आधिकारिक रुपमा पत्र पठाएर विदाको आग्रह गरेपछि मात्र गृह मन्त्रालयले सार्वजनिक विदाको सूचना जारी गर्ने गृह प्रवक्ता रामचन्द्र तिवारीले बताए । आयोगले पत्र पठाएको १० मिनेटभित्र सूचना जारी हुने उनले जानकारी दिए ।
यता मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले भने साँझ ७ बजेभित्र चन्द्रमा हेरेरमात्र विदाको लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने बताए । उनका अनुसार भोलि नै सार्वजनिक विदा हुनेछ ।
साउदी अरबलगायत देशमा हिजै इद मनाइसकेको र नेपालमा एक दिन पछि हुने भएकाले आज साँझको चन्द्रमा हेरेर विदाको सूचना जारी हुने अन्सारीले बताए ।
सरकारले मन्त्रिपरिषद बैठकबाट इदमा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । आयोगको पत्रपछि मन्त्रालयले सूचना जारी गर्नेछ । आज साँझसम्म सार्वजनिक विदाको औपचारिक सूचना जारी हुने बताइएको छ ।



खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया