
विद्यालयलाई पंखा, विद्यार्थीलाई शैक्षिक सामग्री उपहार, लायन्स क्लब कपिलवस्तुको उदाहरणीय योगदान

कपिलवस्तु : सामाजिक उत्तरदायित्वलाई सशक्त रूपमा निर्वाह गर्दै आएको लायन्स क्लब अफ कपिलवस्तु ले एक विद्यालयलाई बहुमूल्य उपहार प्रदान गरेको छ । क्लबका सह कोषाध्यक्ष विष्णु पाठकको जन्मदिन को अवसर पारेर वाणगंगा नगरपालिका–३ स्थित गौरी भावना माध्यमिक विद्यालय लाई पंखा वितरण गरिएको हो। कार्यक्रममा विद्यार्थीहरुका लागि झोला सहतिको शैक्षिक सामग्री समेत प्रदान गरीएको थियो ।
विशेष कार्यक्रमका बीच प्रमुख अतिथि वाणगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टेक बहादुर झेडी मगरको प्रमुख अतिथियता रहेको कार्यक्रममा वडाध्यक्ष मगर सहित पंखा हस्तान्तरण गर्दै विद्यालयमा पंखाको आवश्यकता महत्त्वपूर्ण रहेको बताए। उनले लायन्स क्लबको समाजसेवाप्रति खुलेरै प्रशंसा गर्दै यस्तो सहयोगले विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने बताए।
“शिक्षा नै समृद्ध समाज निर्माणको आधार हो। लायन्स क्लब अफ कपिलवस्तुले विद्यार्थीहरूको हितमा यस्तो उदाहरणीय कार्य गर्दैको तारीफ गरी नसक्नु रहेको बताउदै । झोला तथा शैक्षिक सामग्री वितरण जस्तो कार्यक्रमले विद्यार्थीलाई विद्यालयप्रति अझै आकर्षित गराउनुका साथै अभिभावकहरूलाई पनि सहयोग पुराउने वडाध्यक्षको बताएका थिए ।
लायन्स क्लब अफ कपिलवस्तुका कोषाध्यक्ष पाठकले भने, “मेरो जन्मदिनलाई समाजसेवामा बदल्ने उद्देश्यले यो कार्य गरेको हुँ । भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछौं।“
त्यसैगरी, क्लबका अध्यक्ष नवदत्त घिमिरे ले यो सहयोग कार्यक्रमलाई क्लबको सामाजिक प्रतिबद्धताको उदाहरण भएको भन्दै आगामी दिनमा शिक्षा क्षेत्रका अन्य आवश्यकताहरूमा पनि क्लबले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
“हाम्रो क्लब सधैं समाजको सेवामा समर्पित रहँदै आएको छ ।

विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले यो शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरिएको हा े। यसले विद्यार्थीलाई हौसला प्रदान गर्नेछ र उनीहरूलाई अध्ययनमा थप प्रेरित गर्नेछ । हाम्रो प्रयास केवल शैक्षिक सामग्री वितरणमा सीमित छैन, भविष्यमा पनि शिक्षाको क्षेत्रमा थप योगदान पु¥याउन आफु सहित क्लव सधै तयार रहने प्रतिबद्ध जनाएका थिए ।
“विद्यार्थीहरूको हितमा गरिएको यो महान कार्यका लागि लायन्स क्लब अफ कपिलवस्तुलाई हार्दिक धन्यवाद दिन चाहन्छ ु। कतिपय विद्यार्थीहरू आर्थिक अभावका कारण झोला किन्ने अवस्था, शैक्षिक सामग्री किन्ने अवस्थामा समेत हुँदैनन्, यस्तो सहयोगले उनीहरूको बोझ कम हुन्छ । विद्यार्थीहरू हौसिएका छन्, यो प्रेरणादायी पहलले उनीहरूको पढाइमा सकारात्मक प्रभाव पार्नेछ। हामी विद्यालयको तर्फबाट क्लबसँग निरन्तर सहकार्य गर्ने अपेक्षा समेत रहेको विद्यालयका प्रधानध्यापकले बताएका थिए ।
पंखा उपहार पाएपछि विद्यार्थीमा उत्साहको लहर देखिएको थियो । गर्मीको मौसममा सास्ती खेपिरहेका विद्यार्थीहरूले अब सहज वातावरणमा अध्ययन गर्न सक्ने विद्यालयले जनाएको छ ।
लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता, सचिव दामोदर पन्थीको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया