

प्रतिभाशाली क्रिकेटर छनोटका लागि लुम्बिनी लायन्सले ट्यालेन्ट हन्ट आयोजना गर्दै


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटर छनोटका लागि ट्यालेन्ट हन्ट आयोजना गर्दैछ ।
ट्यालेन्ट हन्टबाट ४ खेलाडी छनोट गरिने क्लबले जनाएको छ । यसरी छनोट भएकामध्ये एक जनाले ‘सुपरस्टार’ को उपाधि सहित नगद १ लाख रुपैयाँ पाउनेछन् । साथै एनपीएलमा अन्य खेलाडीहरुसँग खेल्ने अवसर पनि पाउनेछन् ।
बाँकी ३ खेलाडीहरूले ‘स्टार’ को उपाधि प्राप्त गर्नेछन् जसले लुम्बिनी लायन्सको प्रशिक्षणहरुमा सहभागी हुन पाउनेछ ।
लुम्बिनी लायन्सका सञ्चालक ईश्वर जिसीले लुम्बिनी प्रदेशबाट क्रिकेट प्रतिभा खोजिने बताए । लुम्बिनी लायन्सको फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन लिङ्कमा क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा जानकारी लिन सकिनेछ ।
१८ कात्तिकसम्म आवेदन बुझाउनुपर्नेछ । सर्टलिस्टमा परेकाहरूको नाम २० कात्तिकमा घोषणा गर्ने र ट्रायलको मिति तथा स्थान पनि तोकिने लुम्बिनी लायन्सले जनाएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया