

आईसीसी महिला टी–२० विश्वकप आजदेखि शुरू हुँदै





आईसीसी महिला टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । यूएईमा हुने महिला टी–२० विश्वकपमा २०२४ मा १० वटा टोलीको सहभागिता रहेको छ । बङ्गलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक अस्थिरताले आईसीसीले टी–२० महिला विश्वकप यूएई सारेको हो ।
कात्तिक ४ गतेसम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलङ्का छन् । समूह ‘बी’ मा बङ्गलादेश , इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आज बङ्गलादेशले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शारजाहमा शुरू हुनेछ ।
आजै राति पौने ८ बजे पाकिस्तान र श्रीलङ्का पनि खेल्नेछन् । यस पटककको महिला टी–२० विश्वकप दूबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र शारजाह क्रिकेट स्टेडियममा आयोजना हुनेछन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया