मेयर बालेन र उपमेयर सुनिताको चरित्र हत्या गर्ने एक युवक पक्राउ

काठमाडौं | सामाजिक सञ्जालमा विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएकोमा नेपाल प्रहरीले विशेष निगरानी बढाएको छ । यसै सिलसिलामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर एआइ भिडिओ बनाई सामाजिक सञ्जालमा पोष्ट गरेका बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत समातिएका हुन् । उनलाई अस्ति सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । आफ्नो फेक फोटो र भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै सुनिताले गत बुधबार प्रहरीमा उजुर हालेकी थिइन् ।

रावतउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जानकारी दिएको छ ।

साइबर ब्यूरोले प्रविधिको दुरुपयोग गरेर व्यक्ति विशेषको राजनीतिक तथा सामाजिक चरित्रहत्या गर्ने क्रम बढ्दै गइरहेको भन्दै त्यस्तो गतिविधिमा सलंग्न नहुन सचेत पनि गराएको छ ।

प्रतिक्रिया

खबर सबै