

सेयर बजारमा भारी गिरावट



काठमाडौं | मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजारको परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो ।
सो गिरावटपछि नेप्से २६५१ अंकमा कायम भएको छ । सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ६.०६, विकास बैंक ५.४३, फाइनान्स ८.२७, होटल तथा पर्यटन ८.०३, हाइड्रोपावर ४.७, लगानी ६.३, जीवन बीमा ६.३, उत्पादन ४.७, माइक्रोफाइनान्स ३.८, निर्जीवन बीमा ५, अन्य १.३ तथा ब्यापार समूह ५.८ प्रतिशत घटे ।
२३३ कम्पनीको मूल्य घट्दा ८ को मात्रै बढ्यो भने एउटाको स्थिर रह्यो । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, शुभम् पावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, ओरियन्टल होटल, श्री इन्भेस्टमेन्ट फाइनान्स, तारागाउँ रिजेन्सी र मोलुङ हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।
बेस्ट फाइनान्स, नेपाल वेयरहाउजिङ, रिलायन्स फाइनान्स र एचआईडीसीएलको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै घट्यो । सानिमा बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ९ प्रतिशतभन्दा धेरै मूल्य घट्यो ।
थ्रीस्टार हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया