

भारतका प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य काठमाडौँमा



काठमाडौँ | भारतका चर्चित कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। नेपालमा ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागी हुनका लागि उनले काठमाडौँको यात्रा गरेका छन्।
पशुपतिनाथ मन्दिरको दर्शन गर्दै अनिरुद्धाचार्य जी महाराजले दिउँसोको समयमा पशुपति कोटिहोम महायज्ञमा आशीर्वचन प्रदान गर्ने कार्यक्रम राख्नुभएको छ। महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराजका अनुसार, अनिरुद्धाचार्य जी महाराज स–परिवारसहित नेपाल आएका छन् र कथा प्रवचनको कार्यक्रमको आयोजना गरिएको छ।
भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य जी महाराज कथा प्रवचनको क्षेत्रमा अत्यन्तै लोकप्रिय छन्। उनका प्रवचनमा लाखौँ भक्तजनहरूको सहभागिता रहने गर्दछ। उनले डेढ घण्टाको प्रवचन दिएपछि भारत फर्कने कार्यसूची रहेको छ।
नेपालमा आगमन गर्दा, अनिरुद्धाचार्य जी महाराजलाई स्वागत गर्न भक्तजनहरूको ठूलो भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित रहेको थियो। उनके आगमनले काठमाडौँमा धार्मिक र सांस्कृतिक माहौललाई थप उत्साहपूर्ण बनाएको छ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया