

भारतका प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य काठमाडौँमा



काठमाडौँ | भारतका चर्चित कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। नेपालमा ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागी हुनका लागि उनले काठमाडौँको यात्रा गरेका छन्।
पशुपतिनाथ मन्दिरको दर्शन गर्दै अनिरुद्धाचार्य जी महाराजले दिउँसोको समयमा पशुपति कोटिहोम महायज्ञमा आशीर्वचन प्रदान गर्ने कार्यक्रम राख्नुभएको छ। महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराजका अनुसार, अनिरुद्धाचार्य जी महाराज स–परिवारसहित नेपाल आएका छन् र कथा प्रवचनको कार्यक्रमको आयोजना गरिएको छ।
भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य जी महाराज कथा प्रवचनको क्षेत्रमा अत्यन्तै लोकप्रिय छन्। उनका प्रवचनमा लाखौँ भक्तजनहरूको सहभागिता रहने गर्दछ। उनले डेढ घण्टाको प्रवचन दिएपछि भारत फर्कने कार्यसूची रहेको छ।
नेपालमा आगमन गर्दा, अनिरुद्धाचार्य जी महाराजलाई स्वागत गर्न भक्तजनहरूको ठूलो भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित रहेको थियो। उनके आगमनले काठमाडौँमा धार्मिक र सांस्कृतिक माहौललाई थप उत्साहपूर्ण बनाएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया