

देशभर ३९ प्रतिशत रोपाई सकिँदा लुम्बिनी प्रदेशमा ४४ प्रतिशत रोपाईँ सकियो



बुटवल | आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो ।
यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो । गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६ लाख ४२ हजार २८४ हेक्टरमा रोपाइँ भएको थियो ।
देशभरि भएको रोपाइँ मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिममा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ । १ लाख ७४ हजार ५७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये १ लाख हेक्टरभन्दा माथि रोपाइँ भइसकेको हो ।
यस्तै गण्डकी प्रदेशमा ४९.७ प्रतिशत, कर्णालीमा ४८ प्रतिशत, लुम्बिनीमा ४४.४ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ । बागमती प्रदेशमा ४०.२ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा ३५ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ । सबैभन्दा कम मधेश प्रदेशमा करिब २६ प्रतिशत धान रोपाइँ भएको छ । ३ लाख ८३ हजार १५० हेक्टर मध्ये ९७ हजार ९ सय हेक्टर रोपाइँ भएको हो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया