
रास्वपाले भन्यो, ‘कांग्रेस–एमाले गठबन्धनमा सहभागी हुँदैनौं’

साझाकुरा । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस(एमाले गठबन्धनमा सहभागी नहुने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको सचिवालय बैठकले नयाँ बनेको गठबन्धन स्थायित्वको पक्षमा नभएको निष्कर्ष निकालेको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
बैठकबारे जानकारी दिंदै परियारले भने, “अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, त्यो एकदमै स्पष्ट छ।” कांग्रेस र एमाले २०४७ सालपछि जस्तो संसदीय अभ्यासमा अभ्यस्त थिए, अहिले पनि त्यसैमा लागेको परियारको धारणा छ।
कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ। गए राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका थिए। सहमति अनुसार दुवै जनाले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन्।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया