
रिक्सा भाडा नतिरेकाे भन्दै बन्चरो प्रहार गरी हत्या

दाङको घोराही बजार क्षेत्रमा रोल्पाका टेकबहादुर घर्तीले विगत दुई वर्षदेखि अटो रिक्सा चलाउँदै आएका थिए । आफ्नो दैनिक गुजाराका लागि अटो उनको प्रमुख हतियार थियो । उनले घोराही उपमहानगरपालिका–१० पहेलपारकी संगीता सुनार र जुपली बुढालाई काम पर्दा र घुमफिर गर्न जाँदा घरबाट बजार लैजाने र ल्याउने गर्थे । यो क्रम एक वर्षभन्दा अघिदेखि चल्दै आएको थियो । संगीता र जुपलीले टेकबहादुरलाई रिक्सा चढेको पैसा दिन्छौं भनेर नदिँदै र टार्दै आएका थिए ।
शनिबार दिउँसो पनि उनीहरूलाई उसैगरी अटोबाट बजार लगे । फर्काएर पुनः घर ल्याए । धेरै समयदेखिको बाँकी रहेको रिक्सा भाडा मागे ।
तर, उनीहरूले फेरि पनि भाडा दिएनन् । त्यसपछि टेकबहादुरले घरमै गएर बन्चरो प्रहार गरी उनीहरूको विभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिए ।
घोराही–१७ बस्ने अटो चालक टेकबहादुरको घर रोल्पाको थवाङ हो । हत्या गरेपछि उनी अटो छोडेर भागेका थिए । उनलाई प्रहरीले तुरुन्तै पक्राउ गरेको थियो ।
‘अटो चालकमा मानसिक समस्या पनि देखियो,’ एसपी केसी भन्छन्, ‘अटो रिक्सा भाडा नतिरेपछि ती पुरुषले आवेगमा आएर बन्चरो प्रहार गरी हत्या गरेको देखिन्छ ।’
मृतक संगीताको परिवार मजदुरी गर्दै आइरहेको थियो भने अर्की जुपलीको परिवार अमेरिकामा बस्दै आएको छ । ‘क्षणिक रिस, आवेश कारण हत्या भएको देखिन्छ’ एसपी केसी भन्छन्, ‘यस्ता हत्याका घटनामा कमी आउन सकेको छैन । जसका कारण वर्षेनी अनाहकमै धेरैको ज्यान जाने क्रम बढ्दो छ ।’
लाेकान्तरबाट ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया