

जोखबहादुर महरा मुख्यमन्त्रीमा नियुक्त



बुटवल। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओबादी केन्द्र) प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले माओबादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता महरालाई प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सदस्यमध्ये ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेस गर्नुभएको थियो । महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सोअघि माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले शुक्रवार दिउँसो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्नुभएको थियो । माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन नेकपा (एमाले) का २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जना सांसदले पक्षमा हस्ताक्षर गर्नुभयो ।
नागरिक उन्मुक्ति पार्टीका चार जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीमा महरालाई समर्थन गरेको पत्र प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको थियो । यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको लागि बाटो खुला भएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया