

लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउने तयारी



काठमाडौँ । लुम्बिनी प्रदेशको नयाँ सत्ता गठबन्धनबिच ५ बुँदै सहमति भएको छ । बिहीबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी दलहरूले ५ बुँदे सहमति गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यबिच लुम्बिनीका नताको चाहना अनुसार समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउन सहमति गरिएको उल्लेख छ । सहमतिमा माओवादी केन्द्रका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न समर्थन गर्ने उल्लेख छ ।
प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्तिहरू सरकारमा सहभागी दलहरूको अपनत्व हुने गरी गरिने सहमति पत्रमा उल्लेख गरिएको छ ।
यसैबिच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठबन्धनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्री चौधरीले संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
माओवादीले लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूहरूले ४४ सांसदको हस्ताक्षर तयार गरेको र प्रदेश प्रमुखले आह्वान गर्ना साथ दाबी पेस गर्ने बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया