
प्रचण्डलाई विश्वासको मत नदिन काङ्ग्रेसको ह्विप जारी

साझाकुरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै कांग्रेसले ह्विप जारी गरेको हो।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जारी गरेको ह्विपमा भनिएको छ,’सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ।’
सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार मंगलबार कार्य समितिको बैठकमा विश्वासको मतको विषयमा छलफल हुनेछ र सभामुखले संभवत: प्रधानमन्त्रीले मागेको समयमा नै विश्वासको मत लिने समय कार्यसूचीमा राख्नेछन्।
गत सोमबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहकार्यमा चार दलीय गठबन्धन बनाउँदै कांग्रेससँगको सहकार्य तोडेका छन्। नयाँ सत्ता समीकरणअनुसार नयाँ सरकार गठन भएपछि कांग्रेसले समर्थन फिर्ता लिएको हो। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्छ।
प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया