

नदि कटान रोक्न कोइली खोला खण्डमा ‘खोल्साखोल्सी व्यवस्थापन’ कार्यक्रम सुरु


नबराज बेल्वासे, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोइली खोला खण्डमा खोल्सा खोल्सी व्यवस्थापन अन्र्तगतको कार्यक्रम लागु भइ संचालनमा आएको छ । लुम्बिनी प्रदेश सरकार वन मन्त्रालय अन्र्तगत डिभिजन वन कार्यालय कपिलवस्तु मार्फत वडा नम्बर ९ को कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहबिच सम्झौता भई योजना संचालनमा आएको हो । उक्त कार्यक्रमको आइतबार एक कार्यक्रमका बीच उद्घाटन समेत गरिएको छ ।
कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालका अनुसार सामुदायिक वन क्षेत्रको बिच भाग भई बग्ने कोइली खोलाले वर्षाको समयमा नदिजन्य पदार्थ बिचभागमा थुपारी वन क्षेत्रको किनार मास्दै गएका कारण सो को व्यवस्थापन र नदि नियन्त्रणका लागि खोल्सा खोल्सी व्यवस्थापन कार्यक्रम माग गरे अनुसार उद्घाटन गरिएको हो ।
सामुदायिक वन उपभोक्ता समुहको २ लाख ९४ हजार २ सय ६६ रुपैयाँ र डिभिजन वन कार्यालयको २६ लाख ४८ हजार ३९९ रुपैँया गरी कुल २९ लाख ४२ हजार ६ सय ६६ रुपैयाँ ५० पैसाको कार्यक्रम अन्तरगत काम सुचारु गरिएको अध्यक्ष भुसालले साझाकुरासँग बताउनुभयो । यो कार्यक्रममले वनको आन्तरिक आम्दानीमा पनि टेवा पुग्नुका साथै वन क्षेत्रमा हुने नदि कटानको समस्या पनि समाधन हुने उहाँको भनाई छ । यो कार्यक्रम आउँदो वैशाख मसान्त सम्म सक्ने अन्तिम मिति रहेको छ ।
कोइली खोला खण्डमा दुबै किनार गरी एक किलोमिटरको ढुङ्गाको पर्खाल लगाउने र खोलाको बिच भागबाट नदिजन्य पदार्थ संकलन गरी टेण्डरमार्फत बिक्रि गर्ने मुख्य योजना रहेको छ । जस अन्र्तगत खोलाको दुबै किनारमा गरी एक किलोमिटर लुच स्टोन टेवा पर्खाल लगाइने छ भने पर्खालको उपचाई एक मिटर रहने छ । यसबाहेक पिँधमा २ मिटर चौडा बनाइने योजना सम्झौतामा उल्लेख छ । यस्तै खोलाको बिच भागमा बाढीले थुपारेको ३ लाख ७० हजार ४ सय घनमिटर नदिजन्य पदार्थ संकलन गरी बिक्रिका लागि टेण्डर गरिने अध्यक्ष भुसालले साझाकुरालाई जानकारी दिएका छन् ।
टेण्डर मार्फत बिक्रि हुने नदिजन्य पदार्थबाट आम्दानीको १० प्रतिशत वन उपोक्ता समुहले पाउने छ भने बाँकी ९० प्रतिशत रकम डिभिजन वन कार्यालय मार्फत प्रदेश सरकारले लैजाने बताइएको छ । तर यस विषयमा प्रदेश सरकारसँग सामुदायिक वन उपभोक्ता समुहहरुले आम्दानीको कम्तिमा ४० प्रतिशत उपभोक्ता समुहले पाउनुपर्ने माग समेत उठाइरहेका छन् । यो निरन्तर कार्यक्रम भएका कारण वनको आम्दानीमा समेत बृद्धी हुनेगरी योजनामा ल्याउन जोड दिइएको छ । प्रदेश सरकारले तत्काल १० प्रतिशत दिने भएपनि यो निरन्तर कार्यक्रम रहेकाले त्यसलाई बढाएर ४० प्रतिशतमा पुर्याउने गरी छलफल भइरहेको वनका अध्यक्ष भुसालले बताउनुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमूख विजयराज सुवेदी, सहायक वन अधिकृत खिल तमाङ र सन्तबहादुर थिङ, सव डिभिजन वन कार्यालय गोरुसिँगेका सहायक वन अधिकृत शिवबहादुर के.सी, वैज्ञानिक वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दिपक कुमार थापा लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा डिभिजन वन प्रमूख सुवेदीले यो कार्यक्रम खोला खोल्सी व्यवस्थापनमार्फत खोलाले वन क्षेत्रमा असर पारीरहेका कारण वन क्षेत्र जोगाउनका लागि ल्याइएको कार्यक्रम रहेको बताउनुभयो । उहाँले खोलाको बिच भागमा रहेका ठूला ढुङ्गा किनारमा राख्ने र बिचमा थुप्रिएको पदार्थ निकाली पानीलाई सहजै बग्ने बाटो बनाइदिने योजना रहेको जानकारी दिनुभयो ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया