

लुम्बिनी प्रदेश हिउँदे अघिवेशनको पहिलो बैठक शुक्रबार



दाङ – लुम्बिनी प्रदेशको हिउँदे अघिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो ३ बजे बस्दै छ। दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशनका लागि गरेको आह्वानअनुसार दिउँसो बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयकलगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ। हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान सम्बन्धि पठाएको पत्र पढेर सुनाउने, मन्त्रिरिषद्मा कार्यविभाजन हेरफेर सम्बन्धी पत्रसमेत पढेर सुनाउने, दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकहरुको बारेमा सभामा जानकारी गराउने, विभिन्न संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको सफलताको शुभकामना दिने सम्भावित कार्यसूची रहेको मगरले बताए।
लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखि बस्न सकेको थिएन। लामो समयपछि प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्न लागेको हो।
प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेश सभा सदस्यहरु कामविहीन बनेका थिए। दुई वटा अधिवेशनमा ३५ वटा बैठक सम्पन्न भएका थिए। ५७ घण्टा ३३ मिनेट छलफल हुँदा प्रदेशसभाले मूल विधेयक एउटा, साल बसाली विधेयक दुई वटा, संशोधन विधेयक एक गरी जम्मा चार वटा विधेयक पारित भएको थियो।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया