
शालिक अनावरणका लागि शनिबार कपिलवस्तु आउँदै पुर्व राजा शाह

कपिलवस्तु । पुर्व राजा ज्ञानेन्द्र शाह शनिबार कपिलवस्तु आउने भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको जंगी शालिक अनावरणका लागि पुर्व राजा शाह कपिलवस्तु आउन लागेका हुन ।
उनी आउने बारे शिवराज नगरपालिकाका मेयर अजय थापाले जानकारी दिएका छन् । उनले शनिबार शिवराज नगरपालिका वडा नम्बर ३ खैरेन्द्रपुरमा पुर्व राजा शाहले पृथ्वीनारायण शाहको शालिक अवानवरण गर्ने कार्यक्रम रहेको बताएका छन् । उक्त कार्यक्रममा उपस्थिति हुन पनि जिल्लाबासीमा मेयर शाहले आफ्नो समाजिक सञ्जाल फेसबुकमार्फत आग्रह पनि गरेका छन् ।
गत स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवराज नगरपालिकाको नगर प्रमूखमा निर्वाचित भएका थापाले आफ्नै पहलमा पृथ्वीनारायण शाहको शालिक निर्माण गराएका हुन । शनिबारको उक्त कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्र शाह बिहान ११ बजे भैरहवा विमानस्थलमा आउने र त्यस पछि चार नम्बर जितपुर हुँदै शिवराज नगरपालिकामा पुगी जनतासँग भेट गर्ने कार्यक्रम रहेको राप्रपा केन्द्रिय सदस्य धुव्र रायमाझीले जानकारी दिएका छन् । पूर्व राजा शाहले शिवराज नगरपालिकामा रहेको स्वर्गद्धारी आश्रममा पुजा गर्ने र पुजा गरेपछि दिउसो २ बजे खँैरेन्द्रपुरमा निर्माण गरिएको शालिक अनावरण गर्ने, त्याहाँ आयोजित सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
यस क्रममा जिल्लाका विभिन्न स्थानबाट समर्थकहरुले र्याली निकाल्ने तयारी समेत गरेको बताइएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया