

८ करोड बढी बक्यौता नतिरेपछि काटियो रोल्पा सिमेन्टको बिजुली

काठमाण्डौ ।नेपाल विद्युत् प्राधिकरणले रोल्पा सिमेन्टको उद्योगमा बिजुली काटेको छ ।
आठ करोड ४४ लाख रुपैयाँ बक्यौता नतिरेपछि आज आइतवार दिउँसो ३ बजेदेखि उद्योगको बिजुली काटिएको प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजनका प्रमुख हरि पाण्डेले जानकारी दिनुभयो ।
उहाँले रोल्पा सिमेन्टले दुई वर्षदेखि बक्यौता नतिरेको पनि जानकारी दिनुभयो । पटक–पटक ताकेता गर्दा पनि बक्यौता नतिरेकाले बाध्य भएर लाइन काटिएको पाण्डेले बताउनुभयो ।
उद्योगले अब सुरुमा कुल बक्यौताको २५ प्रतिशत रकम भुक्तानी गरेमा मात्रै बिजुली लाइन दिने नत्र लाइन दिन नसकिने उहाँको भनाइ छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया