

दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ


दाङ । दाङमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती अन्दाजी साढे १२ बजे गढवा गाउँपालिका वडा नं. ८ डाँडागाउँबाट हतियारसहित मानसिंह सुनारलाई पक्राउ गरेको हो ।
गाउँमा केही व्यक्तिहरू हातहतियारसहित शङ्कास्पद रूपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवा र इलाका प्रहरी कार्यालय कोईलाबासबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
“गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले गढवा गाउँपालिका–८ डाँडागाउँ निवासी दिलकुमार पुनमगरको घर छेउमा रहेको खाली जग्गामा भरुवा बन्दुक एक थान फेला पारेको थियो“,प्रहरी नायव उपरीक्षक गौतमले भन्नुभयो,“सोही स्थानमा शङ्कास्पद रूपमा रहेका व्यक्तिहरूलाई सोधपुछ गर्दा मानसिंह सुनार पक्राउ परेका हुन् ।“ उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया