
शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ९० विन्दुमा झरेको छ ।
बजार घटेकाे दिन सबै समूहको शेयर ओरालो लागेको छ । आज दुई सय ६० वटा कम्पनीकाे ४७ लाख ७२ हजार कित्ता शेयर एक अर्ब ६६ करोड ६९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै हिमालयन बैंकको शेयर साढे छ प्रतिशत तथा नेपाल इन्सुरेन्स कम्पनी, खप्तड लघुवित्त र आदर्श लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया