

भूकम्प प्रभावित सिरियामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई दबाब दिन इरानको आग्रह


एजेन्सी
इरानले भूकम्प प्रभावित सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई विश्वव्यापी दबाब दिन आग्रह गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पुर्याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गर्नुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
सिरियाले बितेको एक दशकदेखि द्वन्द्वको सामना गरिरहेको छ । अमेरिकाले सिरियामाथि आर्थिक प्रतिबन्ध लगाएको छ । जसका कारण त्यहाँ आवश्यक सामान र अन्तर्राष्ट्रिय मानवीय सहायता पठाउन कठिन भइरहेको अन्तराष्ट्रिय संचार माध्ययमहरुले जनाएका छन् ।
यसैबीच चीनले टर्कीका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । साथै चीनको रेडक्रसले टर्की र सिरियालाई दुई लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ ।
यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले एक करोड र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गर्नुभएको थियो ।
सिरियाको सीमा नजिक टर्कीमा सोमवार गएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२ जना गरी सात हजार ८ सय २६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । खोजी र उद्धार कार्य चलिरहेको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया