

हिमालयले गर्ने भयो भैरहवाबाट मलेसियामा चार्टर उडान



हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट यात्रुवाहक चार्टर उडान गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) आक्रामक भएपछि हिमालयले भैरहवाबाट मलेसियाको क्वालालम्पुरमा ‘चार्टर’ उडान गर्न लागेको हो । एयरलाइन्सले १७ कात्तिकदेखि २४ कात्तिकसम्म दैनिक एउटा चार्टर उडानको अनुमति मागेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । ‘बुधबार नै हिमालयको प्रस्ताव स्वीकृत गर्छौँ,’ उनले भने ।
हिमालयले काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–क्वालालम्पुर–काठमाडौं उडान गर्न अनुमति मागेको छ । हिमालयले भैरहवाबाट उडान थाले पनि जहाज पार्किङ गर्न भने काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आउनेछ । क्यानले काठमाडौंमा दैनिक तीनवटाभन्दा बढी उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवालाई विन्टर सेड्युलमा कम्तीमा एउटा उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो । पहिलो चरणमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई पत्राचार गरेर १३ कात्तिकदेखि उडान गर्न निर्देशन दिएको हो । तर, दुवै एयरलाइन्सले निर्देशन नमानेपछि क्यानले उडान नै कटौती गरिदियो । सोही कारण हिमालयले भैरहवाबाट उडान गर्न लागेको हो ।
काठमाडौंमा दैनिक तीनभन्दा बढी उडान गर्ने अन्य वायुसेवाले पनि १६ डिसेम्बरदेखि भैरहवाबाट कम्तीमा एउटा उडान गर्नुपर्ने क्यानका सूचना अधिकारी भुलले बताए । निगमले सोमबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग पनि एक साताभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने तालिका पेस गर्ने प्रतिबद्धता जनाएको छ ।२ जेठदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्रै सेवा दिँदै आएको छ ।
सरकारले अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र उडान गर्ने गरी विभिन्न मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । त्यसैले, तत्कालै नयाँ विमानस्थलबाट नियमित तालिकाअनुसार उडान गर्न कठिनाइ छ । त्यसैले हिमालयले सुरुमा चार्टर उडान गर्न लागेको भुलले बताए । ‘सुरुमा चार्टर उडान गर्छ, त्यसपछि टेम्प्रोररी अपरेटिङ पर्मिट दिन सकिन्छ,’ उनले भने, ‘नियमित उडानतालिका दिन गन्तव्य देशसँग हवाई सेवा सम्झौता रिभ्यु गर्नुपर्छ ।’ तर, युनाइटेड अरब इमिरेट्स (युएई) अन्तर्गतका देश र भारतीय गन्तव्यमा भने अहिलेकै हवाई सेवा सम्झौताअनुसार नियमित तालिकामा उडान गर्न मिल्ने उनको भनाइ छ ।
हिमालयको ह्यांगरसहित टेक्निकल टिम काठमाडौंमै भएको हुँदा भैरहवाबाट उडान गरे पनि जहाज काठमाडौंमा पार्किङ गर्न आउने भएको हो । ती सेवाहरू भैरहवामा उपलब्ध गराउन समय लाग्ने हुन्छ । ह्यांगरलगायत पूर्वाधारहरू खडा गरेपछि हिमालयले भैरहवालाई बेस बनाएर अन्तर्राष्ट्रिय उडान गर्न सक्नेछ । नियामक निकाय क्यानले हिमालयलाई भैरहवा बेस बनाएर उडान गर्न भनिरहेको छ । चिनियाँ र नेपाली व्यवसायीको लगानी रहेको हिमालयसँग अन्तर्राष्ट्रिय उडानका लागि चारवटा न्यारोबडी जहाज रहेका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया