

तत्कालिन नेकपाको जनमतलाई ओलीले आफ्नो दाइजो ठाने : भुसाल



रुपन्देही
नेकपा एमाले परित्याग गरी रुपन्देही १ मा सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री हुँदा प्राप्त जनमतको अपमान गरेको टिप्पणी गरेका छन् । नेता भुसालले भने, ‘दुई तिहाई जनताको जनमतलाई केपी ओलीले आफूले प्राप्त गरेको दाइजो ठाने ।’ ओलीले प्राप्त जनमतलाई दाइजो जस्तो नठानेको भए नेकपा विभाजन नहुने तर्क गरे । नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको उनको भनाइ छ ।
रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता भुसालले ओलीमा राणाहरुको जस्तो दम्भ भएको बताए । भुसालले भने, ‘ओलीमा राणाहरुको जस्तै दम्भ छ, त्यही दम्भले नै एमालेका कैयौं निष्ठावान नेताको भविष्य खाइदियो ।’ निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकट समेत नदिएको प्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले तर्क गरे ।
नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्न थालेको बेला संसद र संविधानमाथि नै प्रहार गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको उनको भनाइ छ । दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरुले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ । भुसालले थपे, ‘संविधान विघटन गर्नेहरुलाई भोट माग्न आउँदा प्रश्न गर्नुहोला, संविधान च्यात्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई ?’
त्रिभुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका भुसालले मुलुकको समग्र विकासको लागि राजनीतिक स्थिरता र संविधानको कार्यान्वयन नै पहिलो सर्त भएको बताए । कार्यक्रममा रुपन्देही १ को प्रदेश सभा (क) का उम्मेदवार विश्वनाथ यादव र (ख) का अब्दुल रज्जाकले पनि संविधानको रक्षा र उचित कार्यान्वयनका लागि पाँच दलीय गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन जनतासमक्ष अपिल गरे ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया