

पत्रकारसँग मिडिया एक्सन नेपालले गर्याे ‘फेयर मिडिया कभरेज अफ इलेक्सनन्स’ अभिमुखिकरण



कपिलवस्तु । निर्वाचनको रिपोर्टिङ गर्दा सबै भन्दा बढी संवेदनशील हुनुपर्ने एक कार्यक्रमका सरोकारवालाले बताएका छन् । रुपन्देहीको तिलोत्तमामा शनिबार मिडिया एक्सन नेपालले आयोजना गरेको ‘फेयर मिडिया कभरेज अफ इलेक्सनन्स’ नामक एकदिने कार्यशालामा सरोकारवालाले उम्मेदवार तथा दलहरुले पत्रकारलाई आफ्नो प्रचार प्रसारको माध्यम बनाउन सक्ने भएकाले अझ बढी संवेदनशील हुनुपर्ने बताए ।
कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले निर्वाचनका बेला पत्रकारहरुले निष्पक्ष र स्वतन्त्र भएर रिपोर्टिङ गर्नुपर्ने बताउनु भएको छ। निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकारहरुलाई माध्यम बनाएर आफनो प्रचारप्रसार गर्नसक्ने सम्भावना हुने भएकाले यस्ता गतिविधिबाट बच्न अझ बढी चनाखो बन्नुपर्ने बताउनु भयो। पत्रकारले दलको पक्ष विपक्ष लिने भन्दा पनि आफनो अधिकारलाई भोट हाल्नेमा सीमित राख्नुपर्ने उहाको भनाई छ ।
कार्यशाला गोष्ठीमा अर्का प्रशिक्षक अन्नपूर्ण एक्सप्रेस साप्ताहिकका सम्पादक कमलदेव भट्टराईले पत्रकारले निर्वाचनका बेला उम्मेदवारका भनाई राख्दा व्यक्ति विशेष नभई सबैलाई स्थान दिनुपर्ने बताउनु भएको छ । पत्रकारले अडकलबाजी गरेर कुनै एक उम्मेदवारको पक्षपोषण गर्नेगरी समाचार लेख्नु गलत भएको उहाको भनाई छ ।
यस्तै गरी कार्यशाला गोष्ठीमा पत्रकार कल्पना आचार्यले निर्वाचनका बेला महिला उम्मेदवार, मतदाताको अपेक्षा, महिला सहभागिताको विषयलाई विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । निर्वाचनका बेला मतदान स्थल अपांगमैत्री भए/नभएको, गर्भवती, सुत्केरी, जेष्ठ नागरिकहरुका लागि सहज भए/नभएको विषयमा पनि पत्रकारहरुले निगरानी राख्नु पर्ने उहाको भनाई छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न ४ जिल्लाका २५ जना पत्रकारहले आ–आफनो क्षेत्रमा भोगेका समस्याहरु राखेका थिए । कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका गरी ४ जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया