
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाएनन् टिकट

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई पार्टीले टिकट नदिएपछि ५ वर्षका लागि उनको संसदीय यात्रा रोकिएको छ ।
नेकपा बिभाजनका बेला रामबहादुर थापा बादलको पछाडी लागेर एमालेमा बस्न लागेका केसीलाई मुख्यमन्त्री दिने प्रलोभनमा नेकपा माओवादी केन्द्रमा फर्काएका अध्यक्ष प्रचण्डले यसपटक भने टिकट दिएनन् ।
निरन्तर आर्थिक बिवादमा तानिदै आएका कारण पार्टी नेतृत्व असन्तुष्ट भएकाले टिकट पाउन नसकेको माओवादी नेताहरूको भनाई छ । केसी यसअघि २०७४ सालको निर्वाचनमा रोल्पाको प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए । पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशको सह इन्चार्जसमेत रहेका मुख्यमन्त्री केसीका पछिल्ला अधिकांश निर्णयप्रति पार्टीका अधिकांश नेताहरू असन्तुष्ट रहेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले उनको ठाउँमा मुख्यमन्त्री बनाउने गरी सचिवालयमा काम गरेका जोखबहादुर महरालाई अगाडि सारेका छन् । केसीको दाबेदारी गरेको रोल्पाको ख बाट महराले उम्मेदवारी दर्ता गरेका छन् ।
रोल्पाबाट टिकट नपाउने संकेत पाएपछि दाङ सर्न खोजेका केसीलाई उनकै मन्त्रिपरिषदका सदस्य इन्द्रजित चौधरीले नछाडेपछि केसी टिकट विहिन भएका हुन् । उनले श्रीमतीलाई भने समानुपातिक सूचीमा राख्न सफल भएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया