

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ । असोज २२ गते शनिबार बिसञ्चो भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य नै छ,’ उनले भने, ‘हामीले केही समयमा नै प्रेस विज्ञप्ति जारी गर्दै छौं । त्यसपछि सबै कुरा स्पष्ट थाह हुने नै छ ।’
स्रोतका अनुसार उनलाई अहिले भीभीआईपी क्याबिनमा राखेर उपचार गरिँदै छ । ‘सुरुमा ज्वरो कन्ट्रोल नभएर भर्ना हुनुभएको थियो,’ अस्पतालस्थित उच्च स्रोतले नाम उल्लेख नगर्ने सर्तमा भन्यो, ‘अहिले त सबै ठिक छ ।’


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया