

दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला एक खेल अगावै भारतलाई

काठमाण्डाै
दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला घरेलु टोली भारतले जितेको छ । गएराति भएको दोस्रो टी–२० मा पाहुना टोली दक्षिण अफ्रिकालाई १६ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला २–० ले जितेको हो ।
गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित रहँदै १ सय ६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै क्विन्टन डी ककले अविजित रहँदै ६९ रनको अर्धशतकीय पारी खेले ।
भारतका अर्शदीप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ६१ तथा केएल राहुलले ५७ रनको अर्धशतकीय पारी खेले । विराट कोहली ४९ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए । भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टी–२० भोलि हुनेछ । त्यसपछि तीन एक दिवसीय खेल हुनेछ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया