

रूपन्देही ३ : कांग्रेसबाट बालकृष्ण खाण र एमालेबाट घनश्याम भुषालको नाम शिफारिस



बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले गृहमन्त्री बालकृष्ण खाणलाई रूपन्देही क्षेत्र नम्बर ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको 8छ।
कांग्रेसका नेता खाणको नाम रूपन्देही २ बाट पनि सिफारिस भएको छ। कांग्रेस रुपन्देही क्षेत्रीय समितिको बैठकले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ खाणको एकल नाम सर्वसम्मतिले टुंगो लगाएको क्षेत्रीय सभापति सुशील गुरूङले जानकारी दिए।
खाणले २०६४ र २०७० क्षेत्र नम्बर ३ बाट चुनाव जितेका थिए। २०७४ को निर्वाचनमा उनी प्रत्यक्ष नलडेर समानुपातिकमा बसेका थिए।
आफूलाई असुरक्षित मानेपछि उनको नाम रुपन्देही २ बाट पनि सिफारिस भएको कांग्रेस नेताहरूले बताएका छन्। खाण क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने तयारीमा जुटेका छन्।
यता, नेकपा (एमाले)ले रुपन्देही ३ मा घनश्याम भुसालसहित ४ जना उम्मेदवार सिफारिस गरेको छ।
एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले रुपन्देही ३ मा पार्टीका स्थायी कमिटी सदस्यaz’ समेत रहेका भुसालसहित लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य यज्ञजित शाह र दुर्गा भुसालको नाम सिफारिस गरेको एमालेले जनाएको छ।
२०७४ सालको निर्वाचनमा एमाले नेता भुसाल र राप्रपाका नेता दीपक बोहोराबिच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए। भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए। त्यतिबेला यहाँ नेपाली काङ्ग्रेस र राप्रपाबिच तालमेल भएको थियो।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया