

मोबाइलले बढ्यो बालविवाह



काठमाण्डौँ
हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ ।
सूचना प्रविधिको पहुँचले बालविवाहको प्रवृत्ति झाँगिँदै गएको पाइएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल आदिले यसलाई सहयोग पुगेको छ । पुथाउत्तरगङ्गा माध्यमिक विद्यालयका शिक्षक अइनश्वर पुनमगरले मोबाइल फोनमा छिटो बिहे गर्ने निर्णयमा विद्यार्थी पुग्ने गरेको बताउँदै थपे, “फेसबुक र च्याटमा भेट हुन्छ । भागी बिहे गर्ने योजना बन्छ । त्यसैले स्कुले छोराछोरीलाई मोबाइल किनिदिने चलन हुन्जेल बालविवाह रोकिनेवाला छैन ।”
पुथाउत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र बुढामगरले अधिकांशले कक्षा ६ देखि ८ पढ्दा पढ्दै बिहे गर्ने गरेको बताउँदै भने, “छिटफुटले कक्षा ९ र १० मा पुगेपछि बिहे गर्छन् । सानै उमेरमा आमा हुने पुरानो चलनलाई विस्थापित गर्न सकेका छैनौँ ।”
आमा बन्न कम्तीमा २० वर्षको हुनुपर्छ भन्नेमा स्थानीय बासिन्दा सचेत छन् तर बुझ्दा बुझ्दै पनि कलिलै उमेरमा आमा बन्ने क्रम रोकिएको छैन । यो प्रथा जिल्लाबाटै विस्थापित हुन सकेको छैन । स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउनेमध्ये ४० प्रतिशत महिला २० वर्षभन्दा कम उमेरका हुने गरेको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया