

गुल्मीमा जेसिबी दुर्घटना हुँदा दाङका वलीको मृत्यु



गुल्मी । गुल्मीमा जेसिबी दुर्घटना हुँदा दाङ घर भएका चालकको मृत्यु भएको छ।
शान्तिनगर गाउँपालिका १ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वलीको मृत्यु भएको हो। बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट २ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु १ क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको थियो।
जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त ओमहरि डाँगीले जानकारी दिए। जेसिबी सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।
दुर्घटना राति भएको भएपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए। उनी गाडीमा एक्लै आउँदै थिए। गाडीका सहयोगी बिदामा बसेका र दुर्घटनाको खबर पाउनासाथ घरपरिवाररआफन्तहरू गुल्मी गएको बताइएको छ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया