

कपिलवस्तुको शिवराजमा मेयरमा राप्रपा र उपमेयरमा एमाले विजयी



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेयर पदमा जित हात पारेको छ । राप्रपाका अजय थापाले शिवराजको मेयरमा जितेका हुन् ।
११ वटा वडा रहेको शिवराजमा सुरुवात देखि अग्रता बढाउँदै गएका थापा विहीबार अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहे । युवा नेता समेत रहेका थापाले मेयर जित्दा एमालेका महादेव पोख्रेल पराजित भएका छन् ।
गएको निर्वाचनमा शिवराजको मेयर र उपमेयर एमालेले जितेको थियो ।
०७४ सालको स्थानीय तहको निर्वाचन थापा स्वयम राप्रपाबाट उम्मेद्वार थिए । मेयरमा पराजित थापा मंसीरमा सम्पन्न संघीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लडेका थिए । त्यहाँ पनि पराजित भएका थापा मनोनयन दर्ताको अघिल्लो दिनसम्म कांग्रेसमा सक्रिय थिए ।
पार्टीले मेयरमा टिकट नदिए पछि पार्टीबाट विद्रोह गर्दै राप्रपा लागेका थापा अन्ततः मेयरमा निर्वाचित भए । शिवराजमा कांग्रेसका मेयरका उम्मेद्वार हुमकान्त खनाल तेस्रो स्थानमा सिमित रहे ।
नगरको उपमेयरमा भने शिवकुमारी थारु निर्वाचित भएकी छिन् । निवर्तमान थारु आफ्नो प्रतिस्पर्धीलाई पछि पार्दै उपमेयरमा निर्वाचित भएकी हुन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया