

श्रीलङ्कालाई विश्व बैंककाे १६ कराेड डलर सहयाेग, इन्धन किन्न खर्च गरिने



एजेन्सी
गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई विश्व बैंकले १६ करोड डलर सहयोग गरेको छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधवार संसदलाई जानकारी दिँदै विश्व बैंकबाट छिटै १६ करोड डलर प्राप्त हुने जानकारी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
देशमा पेट्रोल सकिएर हाहाकार भइरहेको बेला प्राप्त हुन लागेको यो रकमले पेट्रोल र अन्य इन्धन खरिद गर्ने योजना रहेको प्रधानमन्त्री विक्रमासिंघेले बताउनभुएको छ । यस्तै उहाँले भारतले ऋण सहयोगमा इन्धन दिने भएकाले समस्या कम हुने अपेक्षा गरिएको बताउनुभएको छ ।
गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किएको छ । विदेशी मुद्राको चरम अभावका कारण औषधि, इन्धन लगायतका अत्यावश्यक वस्तुको अभाव भएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ, लाखौँ परिवार भोकमरीमा धकेलिएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया