

रुपन्देहीका ६ पालिकामा गठबन्धन नहुने



बुटवल । रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिति कमजोर भएको र जसले जितेपनि गठबन्धन दलकै उम्मेदवारले जित्ने अवस्था रहेकाले सत्तारूढ दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने निष्कर्षमा पुगेको एक नेताले जानकारी दिए ।
१६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।
यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जित हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए ।
अन्य पालिकाको हकमा पनि कसरी गठबन्धन गर्ने भन्ने बिषयमा दलहरूबीच छलफल भइरहेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया